प्रधानमन्त्री ‌ओलीले स्वास्थ्य सं‌कटकाल घोषणा गर्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे ३ बजे देशवासीको नाममा गर्न लागेको सम्बोधनमा स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने बताइएको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणले नेपाललाई आक्रान्त पारिरहँदा संक्रमणको चेन ब्रेक गर्न ४१ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी भैसकेको छ । विभिन्न संघ संस्थाहरुले पनि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग गरिरहेका छन् ।

न्यायका लागि मानवअधिकार नामक संस्थाले कोभिड–१९ तीव्र गतिमा फैलिरहेको र दैनिक हजारौं संक्रमित थपिनुका साथै मृत्यु दर समेत बढेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । सञ्जालका संयोजक ईन्द्रप्रसाद अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

के हो स्वास्थ्य संकटकाल ?

निजी क्षेत्रका संरचना अथवा सम्पत्तिहरू केही समयका लागि सरकारले लिन सक्छ । जस्तैः निजी अस्पताल, विद्यालय वा व्यक्तिको घर । अहिलेको महामारीको लागि क्वारेन्टाइन बनाउन निजी विद्यालय र होटलको सरकारले प्रयोग गर्न सक्छ । समय तोकेर निश्चित समयको लागि सरकारले अस्थाई स्वामित्त्व स्थापना गर्न सक्छ ।

कुन-कुन वस्तु वा सेवामा कसरी सरकारले आफ्नो नियन्त्रण कायम गर्छ । त्यो संकटकालको आदेशमा भर पर्छ । सरकारले के-के प्रयोग गर्ने भन्ने स्वास्थ्य संकटकाल घोषणा गर्दा जारी गरिने आदेशमा उल्लेख गरिएको हुन्छ ।

आदेशमा के गर्न पाइने के गर्न नपाइने भनेर उल्लेख गरिएको हुन्छ । स्वास्थ्य मन्त्रालयले चाहिने आवश्यक सामग्री खरिद गर्न चाहेमा गर्न पाउनेसम्मको आदेशमा जारी गर्न सक्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 90 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज