शान्तिबाटिकामा प्रचण्ड–नेपालको विजयी र्‍याली, बालुवाटारमा ओली पक्षको बैठक

काठमाडौं‌ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विजयी र्‍याली सुरु भएको छ ।

काठमाडौंको शान्तिवाटिकामा बुधबार(आज ) दिउँसो १२ बजेदेखि विजय र्‍याली सुरु भएको हो ।

विजय र्‍यालीमा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको थियो ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले खुसीयाली मनाइरहेको छ ।

उता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठक सुरु भएको हो ।

मंगलबार सर्वोच्च अदालतले संसद पुनः स्थापनाको फैसला गरेपछि ओलीले स्थायी समिति बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 150 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज