रवि लामिछानेले नयाँ टिभीमा सिधा कुरा…चलाउने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन् ।

मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल‘ ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गरेका थिए र नयाँ टेलिभिजनमा सिधा कुरा… सार्वजनिक गरेका छन् ।

आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्र्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा… राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने छन् ।

यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए ।

‘ग्यालेक्सी फोरके’ नामको टेलिभिजनमा विभिन्न कार्यक्रमहरुको सार्वजनिक गरिएको छ ।

जसमा केही फ्रेन्चाइ कार्यक्रमहरु रहेका छन् । भारतीय टेलिभिजनमा चर्चामा रहेको क्राइम पेट्रोल नेपालीमा आउने भएको छ । उक्त कार्यक्रम अभिनेता दिपकराज गिरीले सञ्चालन गर्ने छन् ।

त्यस्तै टेलिभिजनले रामायण प्रसारण गर्ने छ जुन नेपालीमा हुने जनाइएको छ । राजेश हमालले को बन्छ करोडपति कार्यक्रम सञ्चालन गर्नेछन् भने इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा लगायत सारेगमपा लिटिल च्याम्पमा देखिने छन् ।

रमेश प्रसाईले लालमोहर लिएर आउने छन् भने महाविर पुनले पनि एउटा कार्यक्रम सञ्चालन गर्ने छन् ।

त्यस्तै पत्रकार विजय कुमारले सम्बन्ध नामक कार्यक्रम सञ्चालन गर्ने छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 69 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज