प्रधानन्यान्याधीशलाई भेट्न प्रधानसेनापति थापा पुगे सर्वोच्च

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यान्याधीश चोलेन्द्र शमशेर जबराबीच सर्वोच्च अदालतमा भेटघाट भएको छ।

प्रधानसेनापति थापा राणालाई भेट्न सोमबार दिउँसो आफै सर्वोच्च पुगेका हुन्।

नेपाली सेनाले भेटघाट भएको पुष्टि गर्दै सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा सेनाको केही जग्गा परेकाले त्यससम्बन्धी छलफलका लागि प्रधानसेनापति आज दिउसो प्रधानन्यायाधीशलाई भेट्न गएको जनाएको छ।

अदालतमा थापा र जबराबीच  भेटवार्तामा अरु के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन।

जग्गासम्बन्धी समन्वयको बहानामा प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीच आकस्मिक भेटघाट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरण छ।

संसद् विघटनसम्बन्धी मुद्दाको पक्ष-विपक्षको बहस यहि फागुन ७ गते सकिएको थियो। उक्त मुद्धा हेर्दाहेर्दैमा राखिएको छ।

११ गतेदेखि १५ गतेको बीचमा जुनसुकै दिन अदालतले फैसला सुनाउन सक्ने बताइएको छ।

फैसला आउन पूर्व सेनापति थापाले प्रधानन्यान्याधीशलाई भेटेपछि यसले राजनीतिक तरङ्ग सिर्जना गरेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज