ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोड बराबरको आईपिओ पक्का, कति कित्ता भर्न पाईन्छ ?

फागुण ९, काठमाण्डौ । लकडाउनका वेला पनि ज्योती लाइफ इन्स्योरेन्सले व्यवसाय झण्डै शतप्रतिशतले बढाएको वित्तीय विबरण प्रकाशित गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैंया कुल वीमा शुल्क आर्जन गरेको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको कुल वीमा शुल्कको आकार ९७ प्रतिशतले बढेको हो ।

गत चैत ११ गतेबाट लकडाउन सुरु भए पछि कम्पनीले त्रैमासमा २० दिन लकडाउनमा गरेको व्यवसाय समेत विबरणमा समेटेको छ । अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कम्पनीले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतको गिरावट आएको छ ।

ब्यावस्थापन खर्चमा भएको वृद्धीको बाबजुद इन्स्योरेन्सले १४ प्रतिशतले खुद नाफामा सुधार गर्दै ११ करोड ५१ लाख रुपैयाँ कमाएको छ । यो रकम वीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत ८९ लाख ५९ हजार रुपैयाँ खर्चेको छ । व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा देखिएको सन्तुलन लगायत कारणले इन्स्योरेन्सले समीक्षा अवधिमा जगेडा कोषको आकार ८३ प्रतिशतले बढाएर ३७ करोड ३९ लाख रुपैंया पुर्याएको छ । त्यसै गरी जीवन वीमा कोषमा १९१ प्रतिशतको वृद्धि सहित १ अर्ब ४० करोड रुपैंया पुगेको छ ।

हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपिओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामि दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 152 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज