फाल्गुण महिनामा चार ग्रह एकै स्थानमा ! देशमा संकटकाल लाग्ने सम्भावना ?

अहिले ५ ओटा ग्रह एउटै स्थानमा आउने हुनाले देशमा बिभिन्न संकटहरु आइलाग्ने खबरहरु बाहिरिएका छन् ।

फाल्गुण १ गतेको कुण्डलीलाई केलाएर हेर्दा चतुर्थ भावमा बुध, बृहस्पति, शुक्र र शनि बसेको छ । सुर्य र चन्द्र पञ्चम स्थानमा गएर बसेको छ ।

फाल्गुण महिनामा सुर्य र चन्द्रमा एउटै स्थानमा बस्दैछन् । सुर्य तातो ग्रह हो भने, चन्द्रमा चिसो ग्रह हो, यो पानी र तरल पदार्थ सँग सम्बन्धित हुन्छ ।

सुर्य र चन्द्रमा एकै ठाउँमा हुनु भनेको केही न केही दुर्घटना हुनु नै हो । के फाल्गुण महिनामा देशमा संकटकाल लाग्ने सम्भावना छ त ? हेरौं भिडियो ।

चन्द्रमा : पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह

हामीले आफ्नो आखाँले आकाशमा सूर्यपछि दोस्रो जुन ठूलो पिण्ड देख्छौं, त्यो चन्द्रमा (पृथ्वीको प्राकृतिक उपग्रह ) हो ।

हुन त खर्वौ खरब पिण्डले भरिएको आकाशमा चन्द्रमा कुनै पनि दृष्टिकोणले ठूलो पिण्ड होइन । ठूलो देख्नुको जम्मा जम्मी कारण यत्ति नै हो, चन्द्रमा हामी बसेको पृथ्वीदेखि सबैभन्दा नजिकको प्राकृतिक खगोलीय पिण्ड हो ।

चन्द्रमा पृथ्वीदेखि जम्मा ३ लाख ८४ हजार ४ सय किमी मात्र टाढा छ । पृथ्वीले सूर्यको परिक्रमा गरे झैं चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । ग्रहको परिक्रमा गर्ने पिण्डलाई उपग्रह भनिन्छ ।

चन्द्रमा दीर्घवृत्तीय (Elliptical) कक्षमा पृथ्वीको परिक्रमा गर्छ । यसलाई पृथ्वीको एउटा परिक्रमा गर्न २७.३२ दिनको समय लाग्छ । चन्द्रमाको परिक्रमा पथमा गति १.०२२ किमी प्रति सेकेण्ड रहेको छ ।

पृथ्वीबाट सधै चन्द्रमाको ५९% भाग मात्र देखिन्छ, बाँकीको ४१% भाग हामी पृथ्वीवासीले कहिल्यै देख्दैनौं ।

यसको कारण चन्द्रमाले आफ्नो अक्षमा गर्ने परिक्रमामा लाग्ने समय र पृथ्वीको परिक्रमामा लाग्ने समय बराबरी भएको कारणले गर्दा हो ।

पृथ्वीबाट सधैं चन्द्रमाको यही ५९ प्रतिशत भाग मात्रै देखिन्छ ।

चन्द्रमाले पृथ्वीको दीर्घवृत्तीय परिक्रमा गर्ने कारणले गर्दा पृथ्वी र चन्द्रमा बीचको दूरी सधैँ परिवर्तन भइरहन्छ । दीर्घवृत्तीय परिक्रमा पथमा परिक्रमा गर्ने कुनै पनि वस्तु कहिले परिक्रमा गर्ने वस्तुको नजिक हुन्छ त कहिले टाढा ।

चन्द्रमा पृथ्वीको नजिक आउँदाको स्थितिलाई अपसौरिक अवस्था (Periapsis Or Perigee) भनिन्छ भने टाढाको स्थितिलाई उपसौरिक (Apoapsis Or Apogee ) अवस्था भनिन्छ । ‘पेरिगी’ मा चन्द्रमा पृथ्वीदेखि ३ लाख ५६ हजार ४ सय किमीसम्म नजिक आउँछ ।

र ‘अपोगी’ मा पृथ्वी र चन्द्रमाको दूरी बढेर ४ लाख ६ हजार ७ सय किमीसम्म पुग्छ । तिमीहरुले पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक भएको स्थिति हेरेका छौ, होइन ? चन्द्रमा पृथ्वीको नजिक हुँदा भएको पूर्णिमालाई ‘सुपर फुलमून’ भनिन्छ ।

‘सुपर फुलमून’ हुनलाइ पृथ्वी र चन्द्रमाको दूरी औसत दूरी ३,८४४०० किमीबाट घटेर ३,६५००० किमी भन्दा कम हुनुपर्छ ।

औसत दूरीभन्दा बढ़ी दूरीमा ‘फुलमून’ हुँदा खेरीको अवस्थालाइ ‘माइक्रोमून’ भनिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 300 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज