नेकपाका दुबै पक्षले जनतासँग क्षमा माग्नुपर्छ–गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपाले शासन गर्ने वैधानिकता गुमाइसकेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा नेता थापाले नेकपाले निर्वाचनबाट पाएको जनादेश गुमाइसकेका कारण सरकारमा बस्न नहुने तर्क गरे ।

जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि नेकपाका दुबै पक्षले क्षमा नमागेको उनको भनाइ छ ।

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सही फैसला आउने विश्वास व्यक्त गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज