मुख्यमन्त्री राईको माघ ११ मा मिस मंगोलसँग बिहे!

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई यहि माघमा वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्।

मुख्यमन्त्री राई ‘मिस मंगोल २०१८’की विजेता जाङमु शेर्पासँग विवाह गर्न लागेका हुन।

मुख्यमन्त्री राईले माघ ११ गते काठमाडौंमा विवाह गर्न लागेका हुन।

मुख्यमन्त्री राई र जाङमुको उमेर भने अन्तर निकै फरक छ ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको बताइन्छ।

मिस मंगोल भएदेखिनै सामाजिक काममा सक्रिय जाङमुका परिवार भने अमेरिकामा बस्छन्।

संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्दै आएकी छन्।

जाङमु र मुख्यमन्त्री राईको प्रेम विवाह हो। उनीहरु करिब एक बर्षदेखि प्रेममा रहेको बताइन्छ।

जाङमु उद्घोषणसँगै कलाकारिता, मोडलिङ क्षेत्रमा पनि सक्रिय छन्।

नृत्यमा समेत राम्रो दख्खल राख्ने जाङमुले विभिन्न सांस्कृतीक कार्यक्रममा आफूभित्रको कलालाई प्रस्तुत गरिसकेकी छन्।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुन लागेको हो।

भोजपुर घर भएका नेता राई पूर्व सूचना तथा संञ्चारमन्त्री हुन भने हाल प्रदेश १ का मुख्यमन्त्री हुन।

विस २०६५ सालमा भोजपुरबाट सांसद बनेयता राई लगातार राजनीतिमा सक्रिय छन्। उनी नेकपा विभाजनपछि प्रधानमन्त्री ओली समूहमा छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 214 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज