विद्युतीय सवारीसाधनको आयात ८८ प्रतिशतले ओरालो लाग्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा विद्युतीय सवारीसाधनको आयात ८८ प्रतिशतले घटेको समाचार आर्थिक अभियान दैनिकमा छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालमा ३१५ ओटा विद्युतीय सवारीसाधन आयात भएका थिए । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको पहिलो ५ महिनामा ३७ ओटा मात्र विद्युतीय सवारी आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८८ दशमलव २५ प्रतिशतले कमी हो ।

सरकारले २ वर्षअघि काठमाडौं उपत्यकाको प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । सन् २०२० मा विद्युतीय सवारीको अंश २० प्रतिशत पुर्‍याउने लक्ष्यसमेत लिएको थियो । तर, सरकारले भनाइमा एक र गराइमा अर्को काम गरेकाले विद्युतीय सवारी बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि उहाँले बारम्बार विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिए । उनले साझा यातायातअन्तर्गत सञ्चालन गर्नेगरी एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा पर्यटन मन्त्रालयको मातहतमा किनिएका विद्युतीय बस उद्घाटन गर्दै देश विद्युतीय सवारीसाधनको युगमा प्रवेश गरेको समेत बताए ।

तर, तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले चालू आवको बजेटमा विद्युतीय सवारीमा ७० प्रतिशतसम्म कर वृद्धि गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 97 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज