पोखरामा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

कास्कीको पोखरास्थित फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका-२ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ७:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 224 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज