केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं- प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले जितेको दाबी गरेका छन् । उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे ।

‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी जितिसक्यौं,’ आज पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाको जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने,‘हामी जनताको बीचमा गएका हौं, पछि चुनाव पति जित्छौं ।’ ओलीले प्रतिनिधिसभा बिघटनका लागि कदम चालेर कलंकित हुने काम गरेको प्रचण्डको तर्क थियो ।

नेकपा दाहाल -नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले बुद्धि बिगार्दा आफूहरुले जितिरहेको पनि दाबी गरेका छन् ।
1
अदालतमा रहेको मुद्दाप्रति इंगित गर्दै उनले अब १–२ महिनामा त्यो पनि आफूहरुले जित्ने दावी गरे । उनले त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरु सडक आन्दोलनमा आउनुपर्ने बताएका छन् ।

अहिले आफूहरुलाई छोडेर जानेहरुको हिजो पनि छोडेर जाने र आउने इतिहास भएकाले उनीहरु केही पाउन गएको उनले बताए । दाहालले आफूहरुले राजनीति रुपमा जितिरहेको बताउँदै कार्यकर्ताहलाई चिन्ता नलिन पनि आग्रह गरेका छन् । इतिहासमा कुनै पनि तानाशाहले नजितेको बताउँदै उनले यो लडाइ पनि जनताले नै जित्ने बताएका छन् ।

तीनजना प्रधानमन्त्रीलाई ओलीको कदमले सडकमा पुर्याएको विषय उठिरहादा प्रचण्डले सडकमा नपुगेको तर्क गरे । उनले भने,‘हामी सडकमा नभई जनताका बीचमा पुगेका हौं ।’ ओलीले निरन्तर पेलेर कुनामा पुर्याएको र अहिले जनतामाझ पुर्याएको बताए । उनले भने,‘यसका लागि केपीजीलाई धन्यवाद ।

अन्तिम पटक अध्यावधिक गरिएको 72 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज