देउवाको भविष्यवाणी गर्ने ज्योतिष ओलीको कडा निगरानीमा !

नेपाली कांग्रेसका प्रभावशाली नेता शेरबहादुर देउवाको नेपाली राजनीतिमा पुनः चर्चा चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा आेलीले प्रतिनिधि सभा बिघटन गरेपछि राजनीतिमा नयाँ तरङ्ग पैदा भएसंगै ज्याेतिषीले सात पटक सम्म प्रघान मन्त्री हुने याेग रहेकाे भविष्य बाणीकाे चर्चा चलेकाे छ ।

२०७४ साल मंसिरमा सम्पन्न भएकाे चुनावमा नेता देउवाले ज्याेतिषीले सात पटक प्रधानमन्त्री बन्ने याेग छ भनेकाले निर्वाचन पछि पुनः आफु नै प्रधानमन्त्री हुनै भन्दै नेपाली जनतालाई बहुमत दिन आग्रह गरेकाे कुराले त्येतिबेला निक्कै चर्चा कमाएको थियाे ।

शक्तिशाली बाम गठबन्धनले पाँच बर्षका लागि बनाएको सरकार यतिबेला भत्किएको छ र तीन शक्तिशाली पूर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड, माधब कुमार नेपाल तथा झलनाथ खनाल लगाएका अन्य नेताहरु यतिबेला सडकमा उत्रिएका छन् ।

तीनबर्ष अघि नै ज्याेतिषीले पुनः प्रधानमन्त्री बन्ने याेग रहेकाे भनेर भबिस्यबाणी गरेकाे कुरा यतिबेला सत्य साबित हुन लागेकाले देउवाले राजनीति भेटघाटलाई तिब्र पारेका छन् भने ओली समुहले उक्त भबिस्यबाणी गर्ने ज्याेतिषीलाई कडा निग्रानिमा राखेकाे स्राेतले जानकारी गराएकाे छ ।

हाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजालले नेता देउवाको ग्रह राशि तथा नक्षत्र केलाएर भबिस्यबाणी गरेका थिए ।

२०७४ मा भबिस्यबाणी गर्दा उनलेे निक्कै आलोचना खेप्नुपरेको समेत रिजालले जानकारी गराएका छन् । नेपालकाे पछिल्लो राजनीति देउवाको वरिपरि घुमेकाले पुनः देउवा प्रधानमन्त्री बन्ने लक्षण देखिएपछि भबिस्यबाणी गर्ने ज्याेतिषीकाे चर्चा चुलिएको हाे ।

यतिबेला विभिन्न पाटिका नेता तथा कार्यकर्ताले ज्याेतिषीलाई पटकपटक टेलिफोन मार्फत सम्पर्क गरिरहेकाे पारिवारिक स्राेतले जानकारी गराएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज