युट्युबमा हेर्नुहोस् फिल्म ‘प्रसाद’ (भिडियो)

काठमाडौं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मूख्य भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमा सार्वजनिक भएको छ।

फिल्ममा काठमाडौं आएर संघर्ष गर्ने क्रममा कोठा खोज्नेदेखि जागिर पाउनेसम्मका संघर्ष, जातीय छुवाछूत, विवाह गरेर सन्तान नहुने दम्पतीका दुःख लगायतका भोगाइको कथा समेटिएको छ।

विपिन र नम्रता श्रीमान/श्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। यस फिल्मका निर्देशक दिनेश राउत हुन्।

विपिन र नम्रता श्रीमान/श्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन्। व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन्।

यूट्युबमा रिलिज भएको १ दिनमै साढे ८ लाख भ्यूजसहित ट्रेन्डिङको ८ औं नम्बरमा रहेको फिल्मलाई २९ हजार लाइक्स मिलेको छ।

प्रायःले विपिन कार्कीको अभिनय मन परेको उल्लेख गरेका छन्। पुरा फिल्म तल हेर्नुहोस्..

अन्तिम पटक अध्यावधिक गरिएको 107 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज